free website hit counter

यस्तो छ रिलायबल नेपाल लाइफको नयाँ बोनसदर

beemaadmin
२०८१ चैत्र ३, सोमबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो । कम्पनीले ‘रिलायबल सावधिक जीवन बीमालेखमा’ योजनामा बीमा अवधिअनुसार न्यूनतम ५० रुपियाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ । त्यस्तै, ‘रिलायबल सुलभ जीवन बीमालेख’ र ‘सुलभ बाल जीवन बीमालेख प्लस योजना’का बिमितले न्यूनतम २५ रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस पाउनेछन् ।
त्यसैगरी ‘रिलायबल सजिलो जीवन बीमा’ (एकल तथा सीमित अवधि भुक्तानी) मा न्यूनतम २५ देखि अधिकतम २६ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । ‘लघु सावधिक जीवन बीमालेख’ (बीमा समिति) र ‘रिलायबल लघु सावधिक जीवन बीमालेख’मा बिमितले प्रतिवर्ष प्रतिहजार ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस पाउनेछन् । ‘सावधिक तथा आजीवन बीमा योजना’मा ३० देखि ५०, ‘रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजना’मा ५० देखि ५५ र ‘रिलायबल समुन्नति जीवन बीमा योजना’का बिमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम २३ रुपैयाँसम्म बोनस दिने कम्पनीले निर्णय गरेको छ । यसका साथै, ‘रिलायबल उच्च शिक्षा योजना’ (बालबच्चाको सावधिक बीमालेख) मा न्यूनतम ६० देखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिइनेछ कम्पनीले जनाएको छ ।
यो बोसनदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण दाबी, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र अर्को बोनसदर सार्वजनिक नभएसम्म लागू हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचार

हिमालयन एभरेष्टलाई फुट्सलको उपाधि

beemaadmin
२०८२ बैशाख १०, बुधबार

नेपाल लाइफले गर्यो भावी रणनीति तय

beemaadmin
२०८२ बैशाख १०, बुधबार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८२ बैशाख १०, बुधबार