free website hit counter

यस्तो छ सिटिजन लाइफको नयाँ बोनस दर

beemaadmin
२०८० मंसिर १८, सोमबार

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० का मुनाफामा सरिक हुने गरी जारी गरिएका सबै जीवन बीमालेखको बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को जीवन बीमाकोषको बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १५ गते स्वीकृत भएको भन्दै सोही बमोजिम विभिन्न पोलिसीहरुको बोनस दर सार्वजनिक गरेको हो । यसअनुसार कम्पनीको अधिकतम बोनस दर रु ७७ रहेको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) को बोनस दर ९ वर्षसम्मका लागि रु ३७, १० देखि १४ वर्षको योजनाका लागि रु ३८, १५ देखि १९ का लागि रु ४०, २० देखि २४ का लागि रु ४२, २५ देखि २९ का लागि रु ६२ र ३० वा सोभन्दा बढीका लागि रु ७७ कायम गरिएको हो । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखतर्फ १० देखि १४ वर्षका लागि रु. ४४, १५ देखि १९ वर्षका लागि रु ४९ र २० देखि २४ वर्षका लागि रु ५५ तोकिएको छ ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार