free website hit counter

यी हुन् नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ आकांक्षी

beemaadmin
२०८० चैत्र १, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रक्रिया अनुरुप १९ जनाको आवेन परेको छ। यसरी आवेदन दिनेमा चिरञ्जीवी चापागाईँ, डा रघुराज काफ्ले, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. बीमल कुमार तिवारी, डा नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, नीरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, कृष्ण बहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, प्रबिन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, र मुक्ति अर्याल छन्। गत फागुन १६ गतेदेखि नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरिएकोमा १५ दिनको म्याद राखिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आव्हान गर्दै इच्छुक नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिनु पर्ने सूचना जारी गरेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार