free website hit counter

यी हुन् बच्चाका लागि स्वस्थ खाजा

beemaadmin
२०७६ फाल्गुन ६, मंगलवार

व्यस्त जीवनशैली र जंक फुडको प्रयोगले आजकल सबैतिर सताएको छ । आजभोलि घरमा बनाएका खानेकुरा भन्दा प्याकेटकै खानेकुरामा खुशी हुन्छन् बालबालिका । अभिभावकलाई पनि त्यही सजिलो । पैसा दियो पसल पठायो । स्वास्थ्यको चिन्ता कसैलाई छैन ।

बिहानै बच्चाहरुलाई के खाजा राखेर स्कुल पठाउने अभिभावकलाई सबैभन्दा झन्झट हुन्छ । त्यसैले धेरै अभिभावकले पैसा दिएर पठाउने वा विस्कुट, चाउचाउ जस्ता ड्राइफुड खाजाको रुपमा प्रयोग हुने गरेको छ । यस्ता तयारी खाद्यहरुको असर बालबालिकामा देखिन थालिसकेको छ । तयारी खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैन । स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले बालबालिकाको स्वास्थ्यका लागि घरमै तयार गरिएका खानेकुरा खाने बानी बसालौं ।

१. भुटेको मकै, भटमास, गहुँ जस्ता अन्न स्वास्थ्यको लागि पोषणयुक्त हुन्छ ।
२. बजारका तयारी खाजा स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
३. मैदाबाट बनेका खाजा सकेसम्म नखुवाऔं ।
४. मज्जाले चपाउने खाजा स्वास्थ्यका लागि राम्रो हुन्छ जस्तो मकै, भटमास, बदाम, रोटी आदि ।
५. बिस्कुट विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ त्यसका लागि फाइबर बढी भएको छान्न सक्नु पर्दछ ।
६. घरमै रोटी तरकारी बनाएर हटकेसमा राखी पठाउन सके एकदम राम्रो हुन्छ । त्यसमा कहिले काहीं आलु परठा पनि बनाउन सकिन्छ ।
७. भात, जाउलो, खीर बच्चाको खाजामा निकै राम्रो मानिन्छ । हटकेसमा राखेर पठाउँदा ३÷४ घण्टा तातै रहन्छ ।
८. चिउरा पनि राम्रो खाजा हुन सक्छ । घ्यू र चिनी मिसाईदिने हो भने मिठो पनि हुन्छ ।
९. फलफुल खाजाको लागि उत्तम विकल्प हो र सामान्य खाजाको साथमा जे भए पनि एउटा फलफुल खुवाउन सके स्वास्थ्यका लागि धेरै हितकर हुनेछ ।
१०. बजारमा तयार गरि राखिएका डिब्बा बन्द रियल, एप्पी, फ्रुटी, वा सोडाबाट बनेका कोक, पेप्सी जस्ता पेय पदार्थबाट बालबच्चालाई टाढा राखौं । त्यसको सट्टा ताजा जुस खुवाउने बानी बसालौं । स्कुलमा शुद्ध पानी पठाउने व्यवस्था गरौँ ।

सम्बन्धित समाचार