काठमाडौं । जेष्ठताका आधारमा केही दिनअघि ३७ जना उपसचिवलाई बढुवा गरेको बढुवा समितिले कार्यक्षमताका आधारमा थप ३७ जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका ३७ उप सचिवलाई सह सचिव बढुवा सिफारिस गरेको हो । समितिको बुधबार बसको बैठकले कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।
यसरी वढुवा सिफारिस हुनेहरुमा सुरेशप्रसाद नेपाल, भेषबहादुर कार्की, बैकुण्ठ निधि शर्मा, ध्रुवकुमार पोखरेल, भिमसेन तिमिल्सिना, शान्ता भट्टराई (अधिकारी), ध्रुव गैडा, कृष्णप्रसाद पराजुली, शैलजा रेग्मी (भट्टराई), सरोजप्रसाद गुरागाँई, बाबुराजा श्रेष्ठ, राजिव पोखरेल, शिवादेवी दाहाल, शम्भुप्रसाद मरासिनी, दिपकराज नेपाल, पुन्यविक्रम पौडेल, केशवप्रसाद विमली, ज्ञानप्रसाद ढकाल, शंकरहरि आचार्य, खेमबहादुर थापा, बासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, शंकर नेपाल, हरिप्रसाद घिमिरे, दिपककुमार पहाडी, विदुरप्रसाद खनाल, कृष्णबहादुर बोहोरा, नरनाथ गिरी, कृष्णप्रसाद लम्साल, कुशहरि निरौला, ओमबहादुर खड्का, प्रदीपराज अधिकारी, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी, कविराज पौडेल, भूमिराज शर्मा र नरेशराज खरेल छन् । बढुवा सिफारिशमा परेकाहरुको ३५ दिनपछि नियुक्तिपत्र पाउनेछन् । ३५ दिनसम्म उजुरबाजुर गर्ने समय रहेका कारण त्यसपछि मात्रै उनीहरुले आधिकारीक रुपमा सहसचिव पदमा बढुवा हुनेछन् ।