free website hit counter

युएईले ल्यायो यति कडा नियमना

beemaadmin
२०७६ चैत्र ८, शनिबार

एजेन्सी । विश्वलाई आतंकित तुल्याएको कोरोना नियन्त्रण गर्न विश्वभर अनेक प्रयास भइरहेका छन् । यही बेला युएई सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म (झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना गर्न सकिने जनाएको छ । युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्वतयारीका लागि बनाएको नियम नतोड्न सर्वसाधारणलाई चेतावनी दिएका छन् । १४ दिने होम क्वारेन्टाइन तोड्ने र धेरै मानिससँग सम्पर्कमा आउने गतिविधिले समाजको स्वास्थ्य र सुरक्षामा जोखिम उत्पन्न गराउने भएकाले त्यस्ता व्यक्तिमाथि कानूनी कारबाही हुने उनले स्पष्ट पारे ।

संसारभर कोरोना भाइरसको बढ्दो प्रकोप बढ्दा पनि १४ दिने क्वारेन्टाइन बस्न धेरै मानिसले आनाकानी गरिरहेका छन् । संक्रमित व्यक्तिले मनसाय नै बनाएर सरुवा रोग फैलाएमा उसलाई जेल र जरिवाना गरिने युएईको संघीय कानून २०१४ अन्तर्गत धारा १४ मा उल्लेख छ । कानूनले संक्रमित व्यक्तिलाई योजनाबद्ध व्यवहारमार्फत अन्य व्यक्तिमा रोग फैलाउन निधेष गरेको छ । यस कानून उल्लंघन भएमा ५ वर्ष जेल र ५० हजारदेखि १ लाख दिरामसम्म जरिवाना हुनसक्नेछ, अधिवक्ता घासन इल दायेले भने, ‘यदि यस्तो गल्ती दोहोरिएमा न्यायाधीसहरुले जेलसजाय दोब्बर गर्नसक्न ।

सम्बन्धित समाचार