free website hit counter

युनाइटेड अजोडको २.५६ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

beemaadmin
२०८१ चैत्र १३, बिहीबार

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले जुली चाचानको नाममा रहेको १ लाख ४९ हजार ११६, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता गरी कुल २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयरको मूल्य क्रमशः १८०, १६३.९० र १६३.५० रुपियाँ तोकिएको छ । यो शेयर जोकोही सर्वसाधारणले खरिद गर्न पाउनेछन् । शेयर किन्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार