free website hit counter

युनाईटड इन्स्योरेन्सको डेपुटी सिईओमा उपासना

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । बीमा क्षेत्रलगायत बित्तीय क्षेत्रमा १० वर्षको अनुभव संगालेकी उपासना पौडेल युनाईटेड इन्स्योरेन्समा डेपुटी सिईओ पदमा नियुक्त भएकी हुन् ।

बीमा क्षेत्रमा महिलाहरुको उपस्थिति बाक्लो भए पनि माथिल्लो तहमा पुग्ने उनी पहिलो महिला हुन् ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीमा सहायक महाप्रबन्धक पदमा काम गरेकी पौडेललाई युनाईटेड इन्स्योरेन्स कम्पनीले डेपुटी सिईओ पदमा नियुक्त गरेको हो । नेपाल तथा छिमेकी देश भारतमा समेत काम गरेकी पौडेलले छोटो अवधीमा बीमा क्षेत्रमा उल्लेख्य प्रगति गरेकै कारण यति ठूलो पदमा पुग्न सफल भएकी हुन् ।

सम्बन्धित समाचार