free website hit counter

युनाईटेड इन्स्योरेन्सको निमित्त सीईओमा उपासना

beemaadmin
२०७७ मंसिर ३, बुधबार

 

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई निमित्त सीईओ पदमा नियुक्त गरेको छ ।

कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सिइओ रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएपछि पौडेललाई नियुक्त गरिएको हो ।

भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट समाप्त भएको थियो । उनको नेतृत्वमा कम्पनीले चालू आर्थिक प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको वृद्धि गर्न सफल भएको इन्स्योरेन्सले जनाएको छ ।

सम्बन्धित समाचार