free website hit counter

युनाईटेड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । आफ्ना ग्राहकलाई चुस्त बैंकिङ सेवा दिँदै आएको एनआईसी एशिया बैंक लिमिटेडले थप सेवा सुविधाका लागि विभिन्न निकायसँग सम्झौता गर्दै आइरहेको छ । यसैबीच, बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यूआरकोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सकिनेछ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित समाचार