free website hit counter

युनियन लाइफले दियो मल्ल परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार १३, आईतवार

काठमाडौं। युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मृत्युपछि मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौंडा शाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको परिवारलाइ ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, शुक्लागण्डकी नगरपालिका ८ का वडा सदस्य रोमबहादुर सिहं वडा सचिव शेषमणी त्रिपाठी, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, इन्द्र पौडेल लगायतले बीमित लेखबहादुर मल्लका हकवाला शुक्लागण्डकी ८ तनहुँ निवासी निजको श्रीमती शुमित्रा मल्ल लाई लाई सो रकमको चेक हस्तान्तरण गरेका हुन । २०७६ साल मंसिरमा निजलेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बीमा गर्दा प्रथम बीमा शुल्क बापत मात्र ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए ।

सम्बन्धित समाचार