free website hit counter

युवासँग ‘महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न

beemaadmin
२०७८ आश्विन २१, बिहीबार

बेनी । युवाहरुलाई बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो ।

बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
यसै क्रममा असोज १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार