free website hit counter

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमाबारे प्राविधिकसँग अन्तर्क्रिया

beemaadmin
२०८३ श्रावण १२, मंगलवार

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमासम्बन्धी विषयमा कृषि तथा भेटेरिनरी प्राविधिकहरूसँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीको आयोजनामा चपुरमा सम्पन्न कार्यक्रममा कृषि तथा भेटेरिनरी क्षेत्रका २५ जना प्राविधिकको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, बीमा प्रक्रिया, किसानसम्म बीमाको पहुँच विस्तार तथा बीमाप्रतिको जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्सका प्रदेश प्रमुख धिरजकुमार शर्मा, वीरगञ्ज शाखा प्रमुख हुलास यादव, कलैया उपशाखा प्रमुख कमलकिशोर साह, चपुर शाखा प्रमुख राजेश साह, गौर उपशाखा प्रमुख मुकेश सिंह तथा चपुर उपशाखाका मार्केटिङ प्रतिनिधि प्रभु चौधरीको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement

कम्पनीका अनुसार उक्त कार्यक्रमले कृषि तथा पशुपन्छी क्षेत्रमा कार्यरत प्राविधिक र बीमा कम्पनीबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार