free website hit counter

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

beemaadmin
२०७९ पुष २८, बिहीबार

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले कम्पनीको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शंखमुल स्थित अनमोल ब्याक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने बोनश शेयर र ० दशमलव २६३२ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९–८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक एमजि एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०७७-७८ को तुलनामा यस आर्थिक वर्ष २०७८–७९ मा बीमा शुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०७७–७८ को तुलनामा आर्थिक वर्ष २०७८–७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आर्थिक वर्ष २०७९–८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आर्थिक वर्ष २०७९–८० को पौष ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

सम्बन्धित समाचार