काठमाडौं । आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्ममा यूनाइटेड इन्स्योरेन्स कम्पनीले अधिकांश सूचकमा सकारात्मक संकेत देखाएको छ । १ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २१ करोड ७८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड ७० लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा ५० करोड २३ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ४० करोड १५ लाख रुपैयाँ थियो । त्यस्तै, यस अवधिमा कम्पनीले १५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४७ प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीले ३५ करोड १८ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६४ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४१ प्रतिशतले कमी हो । यस अवधिमा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी तिरेको छ । कम्पनीले ५८ करोड ४५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ६० पैसा रहेको छ । पिइ अुपात २४।०१ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १६८ रुपैयाँ १६ पैसा रहेको छ ।