free website hit counter

यूनियन लाइफको अध्यक्षमा अग्रवाल

beemaadmin
२०७९ बैशाख २४, शनिबार

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीचमा आफ्नो उपस्थिति दरिलो बनाउँदै अघि बढेको यूनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । सो साधारण सभाले कम्पनीको नयाँ संचालक चयन गर्दै अध्यक्षसमेत चयन गरेको हो । सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सीमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित संचालकहरुको आजै बसेको संचालक समितिको बैठकले संचालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षकको नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पु(याउन अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने ९गाभ्नेरगाभिने०, प्राप्ति गर्ने एक्विजिशन० गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । बीमा समितिले चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि विस्तृत लेखा परीक्षण गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।
उक्त बार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले मन्तव्य राख्दै आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताए । यसैगरी संचालक सन्दिप कुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी दिनमा कम्पनीको काम कारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाइमा पुर्याउने जानकारी दिए । अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा भएको सभाको संचालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गरेका थिए भने कम्पनीको उच्च व्यस्थापनबाट उप प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कम्पनीको लुम्बिनी प्रदेशका प्रादेशिक प्रमुख लगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार