free website hit counter

यूनियन लाइफद्वारा १० लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ आश्विन १२, मंगलवार

काठमाडौं । करेन्ट लागेर असामयिक मृत्यु वरण गरेका बीमितका आश्रित परिवारलाई यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुखड शाखा कैलालीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ । उक्त रकम यस कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम प्रसाद चौधरी, एजेन्सी म्यानेजर बेद प्रसाद चौधरी र लक्ष्मण चौधरीको उपस्थितिमा घोडाघोडी नगरपालिका – ०४ माघीका मृतक बीमितको हकवाला श्रीमती बिना चौधरीलाई चेक रकम हस्तान्तरण गरेका हुन् ।
बीमितले २०७५ फाल्गुन २८ गते ५ लाख बीमाको बार्षिक अग्रिम भुक्तानी जीवन बीमालेख लिएका थिए । बीमितको गत साउन २६ गते काम गर्ने क्रममा करेन्ट लागि निधन भएको थियो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार