काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका रामकुमार अधिकारी दनुवारको परिवारलाई यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीको सिन्धुली शाखाले मृतक बीमितको परिवारलाई उक्त बीमा दाबीको रकम हस्तान्तरण गरेको हो । मृतक दनुवारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको थियो ।
कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती सोमिन्त्रा कुमारीलाई १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।