free website hit counter

योजना आयोगका चार सदस्यले लिए सपथ

beemaadmin
२०८० चैत्र १०, शनिबार

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा अरनिको पाण्डे, प्रा संगीता सिंह, डा कुशरेन्द्रबहादुर महत र प्रा शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् । सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार