यौन जीवन हो । सफल जीवनका लागि सफल यौन हुनु अनिवार्य छ । यौनका विषयमा नेपाली समाज खुल्ने क्रममा छ । यौन सन्तुष्टिका सवालमा यसका पनि केही नियम छन् । ती नियमलाई फलो गर्न सकियो भने यौन जीवन अझ सुखमय बन्नेछ ।
यौनका लागि तालिका
यौन तालिका तय गरियो भने त्यसले दाम्पत्यमा रोमाञ्चकता थपिदिन्छ । त्यतीमात्र होइन, यौन जीवनलाई थप आनन्दित तुल्याउँछ ।
तयारी र सोच
यौन तालिकाको यो सबैभन्दा ठूलो फाइदा हो । अन्यथा अस्तव्यस्त जीवनशैली र तनावपूर्ण माहोलका बीच दिमागमा यौनको कुरा नै नआउन सक्छ । यौनको समय निश्चित भएपछि सबै कुरालाई थाती राखेर आफ्नो प्रियतमसँग राससिला गर्न सकिन्छ ।
नयाँ प्रयोग
जब थाहा हुन्छ कि आज राति यति बजे यौन क्रिया गर्ने कार्यक्रम छ, दिनभरी रोमाञ्चित भइन्छ । दिमागमा विभिन्न योजनाहरु बन्न सक्छन् ।नयाँ नयाँ प्रयोग गर्नेबारे सोच्न सकिन्छ । फलस्वरुप राति मज्जा दोब्बर हुन्छ ।
सुमधुर समय
इन्टरनेट र प्रविधिले हाम्रो जिन्दगीको अमनचैन नै खोसेको छ । प्रेमको दुई शब्द व्यक्त गर्न श्रीमान९श्रमितीबीच समय नै हुँदैन । यस्तोमा यदि तालिकामा बाँधियो भने एक अर्काको अंगालोमा सुमधुर समय बिताउन सकिनेछ । यसले दाम्पत्य जीवनमा अझै प्रगाढता थप्नेछ ।
तयारीका लागि समय
जब यौनका लागि मानसिक रुपमा पहिल्यैबाट तयार भइन्छ, यसका लागि तयारी गर्न पर्याप्त समय मिल्छ । आफ्नो फेन्टासीलाई यथार्थमा बदल्न सम्पूर्ण प्रयास लगाउन सकिन्छ ।
अस्विकारको गुञ्जायस
दुई जनामध्ये एक जना यौनका लागि आतुर हुने तर अर्कोलाई जोश नआउने समस्या पनि अक्सर हुन्छ । तर, दुवैको सहमतिमा तालिका तयार गरिसकेपछि दुवै जना मानसिक रुपमा तयार हुन्छन् । त्यसैले रातमा कुनै पनि पक्षबाट इन्कार गर्ने सम्भावना रहँदैन ।