काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’को नेपाली जालो निकै खतरनाक मानिन्छ । रअमार्फत् नै नेपालका राजनीतिक प्रभुत्व कायम गर्दै आएको छिमेकी देश भारतले ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रअका प्रमुख सामन्तकुमार गोयलसँग २ घण्टा भेटवार्ता गरेका छन् । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेका हुन् ।
नेपाल भारत सीमा विवादमा भारतले नपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेका हुन् । गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको हो ।
यसैवीच गोयलले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, अध्यक्ष प्रचण्डले गोयललाई भेटेको भन्ने समाचार पुर्णत असत्य हो ।