free website hit counter

रसुवाको टिमुरेमा प्रभुको शाखा

beemaadmin
२०७६ मंसिर १४, शनिबार

रसुवा । शहरमा मात्रै होइन गाउँ गाउँमा पनि बैकिङ पहुँच पुर्याउने उद्देश्यअनुरुप प्रभु बैंक लिमिटेडले रसुवाको गोसाईकुण्ड गाउँपालिका– २ स्थित टिमुरेमा आफ्नो १९८ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले एक समारोहका बीच उद्घाटन गरे ।

बैंकको टिमुरे शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख तामाङले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उनले बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका थिए ।

सम्बन्धित समाचार