free website hit counter

रसुवा बाढीपीडितलाई बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी

beemaadmin
२०८३ आश्विन ७, बुधबार

काठमाडौं । सरकारले रसुवाका बाढीपीडितलाई बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बाढी प्रभावित बीमितलाई राहत पुग्ने गरी यस्तो व्यवस्था गरेको हो।

सूचनाअनुसार नेपाल बीमा प्राधिकरणमार्फत बीमा दाबी प्रक्रियालाई सरल र द्रुत बनाइनेछ। प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले बीमितलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement

अग्रिम दाबी भुक्तानीलाई प्रभावकारी बनाउन बीमकहरूलाई संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गर्नसमेत निर्देशन दिइएको छ।

Advertisement
Advertisement

यसैगरी, बाढी प्रभावित क्षेत्रका व्यवसाय तथा सम्पत्तिमा प्रदेश सरकार र स्थानीय तहले निश्चित अवधिका लागि सम्पत्ति कर, व्यवसाय कर, नक्सापास दस्तुरलगायत स्थानीय शुल्कमा सहुलियत दिन अर्थ मन्त्रालयले अनुरोध गरेको छ।

सम्बन्धित समाचार