free website hit counter

राई परिवारलाइ दियो गुराँस लाइफले ५२ लाख भुक्तानी

beemaadmin
२०७९ श्रावण १३, शुक्रबार

काठमाण्डौ। आफ्नो कम्पनीका बीमितको ज्यान गएपछि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आश्रित परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ।
झापा भद्रपुर नगरपालिका–८ का सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मामार्फत ५० लाख रुपैयाँको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए। राईकी पत्नी रुबिना तामाङलाई बीमांक र बोनससहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बिर्तामोडले एक कार्यक्रमबीच भुक्तानी गरेको छ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा वडाध्यक्ष गौरव सुब्बाले योभन्दा अघि पनि गुराँस लाइफले छिटोछरितो दाबी भुक्तानी गरेको र कम्पनीप्रति आफ्नो विश्वास झनै बढेको बताए।
उपमेयर कार्कीले प्रत्येक व्यक्तिले आयअनुसार बीमा गरे भविष्यको साहारा हुने र घटना घटे परिवारले राहात पाउने भएकोले जीवन बीमा अनिवार्य गर्न आफूले जनचेतना फैलाउने बताइन्। मेयर पोखरेलले बीमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउँदै दाबी भुक्तानी सहज बनाउँदै लगेकोमा गुराँस लाइफप्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे।
कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले व्यक्तीको मृत्युको अपुरणीय क्षतिको भर्पाइ नहुने तर बीमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवावस्थामै विमितको निधनले आफू मर्माहित भएको बताए। उनले बीमाको जनचेतना अभावले बीमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा गुराँस लाइफमा जीवन बिमा गराई ढुक्क हुन आग्रह गरे।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार