free website hit counter

राजकुमार ह्यारीले गरे नेपालीको प्रशंशा

beemaadmin
२०७७ आश्विन ६, मंगलवार

एजेन्सी । कोरोनाभाइरसका विनाशकारी महामारीका बेला नेपालीहरुको अविचलित सहानुभूतिको भावनाको बेलायतका राजकुमार ह्यारीले प्रशंशा गरेका छन् । राजकुमार ह्यारीले एक भिडियो सन्देशमा यस्तो विचार व्यक्त गरेका हुन् जुन सन्देश ट्रेलवाकर युकेले आफ्नो १०० किलोमिटर परोपकारी रिलेको प्रचारको लागि जारी गरेको हो । यो रिले अक्सफाम र गोर्खा कल्याणकारी कोषलाई सहयोग गर्नको लागि आयोजना हुन लागेको हो ।

यी दुई संस्थाले कोरोनाभाइरस महामारीका कारण नेपालमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने लक्ष्य राखेका छन् । राजकुमार ह्यारीले अहिलेको महामारीलाई नेपालमा सन् २०१५ मा गएको विनाशकारी भूकम्पसँग तुलना गरेका छन् जुन भूकम्पमा करिब ९ हजारले ज्यान गुमाएका थिए र ३५ लाखले घरबास गुमाएका थिए । उनले यी दुवै संकटका बेला नेपालीहरुमा देखिएको सहानुभूतिको भावनाको प्रशंशा गरेका छन् ।
उनले भने ‘झण्डै ५ वर्ष अगाडि म त्यहाँका समुदायलाई भेट्न, परिवारलाई भेट्न र देशले विनाशकारी २०१५ भूकम्पपछि कसरी सुरुवाती पुनर्निर्माण गरिरहेको छ भनेर हेर्न नेपाल गएको थिएँ । भवन, मन्दिर, घरहरु र पूरै गाउँ पूरै विनाश भएका थिए । तर यो प्रस्ट थियो कि नेपालीहरुले सामना गरे। उनीहरुको भावना र उनीहरुको परिस्थितिसँग घुलमिल हुन सक्ने भावना कहिल्यै कमजोर भएन । त्यहाँ एक अर्काप्रति सहयोग र सहानुभूतिको प्रस्ट भावना थियो ।’

‘अहिले कोभिड–१९ को साथमा पनि विश्व नयाँ चुनौतीको अगाडि उभिएको छ, जो आफैंमा विनाशकारी छ । र, म यो देख्दा पुलकित भएको छु कि नेपालीहरुको भावना अहिले पनि अविचलित छ’ ह्यारीले भने । उनले नेपालमा पीपीइ किट उपलब्ध गराउन, हात धुने सुविधा स्थापना गर्न र शिक्षाको क्षेत्रमा सहयोग गर्ने लगायत अक्सफाम र गोर्खा कल्याणकारी कोषले गरेका कामहरुबारे बताए । उनले थपे ‘यी संस्थाहरुको अत्यन्तै कठिन परिस्थितिमा समुदायलाई यो भाइरसलाई पराजित गर्न र जीवन बचाउन एकसाथ मिलेर सहयोग गरिरहेका छन् ।’

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार