free website hit counter

राजधानीमा थपिए ७११ संक्रमित, मृतककाे संख्या ४०० नाघ्याे

beemaadmin
२०७७ आश्विन ३, शनिबार

काठमाडौं । कोरोना संक्रमणले राजधानी ग्रस्त बनाइरहेको बेला बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका संक्रमितसहित संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए । यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् । यस्तै आज १०,३३३ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार