free website hit counter

रातभर काठमाडौंका नाका सिल

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

काठमाडौं । राजधानीमा कोरोना संक्रमित बढ्दै जाँदा फेरि लकडाउन लगाउनु पर्ने अवस्था नआउला भन्न सकिँदैन । राजधानीमा दिनदिनै संक्रमित बढ्ने क्रममा छन् । नाकामा गरिएको स्वाद परिक्षणबाट पत्ता लागिसकेको छ कि राधजानी भित्रिनेहरुले कोरोना बोकेर आएका छन् । त्यसैको प्रमाण हो नकामा गरिएको परीक्षणमा २४ जना संक्रमित भेटिनु ।

सरकारले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेपछि काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गरेको छ। गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै बिहीबारदेखि नै लागू हुने गरि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ।

Advertisement
Advertisement

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सूचना जारी गर्दै काठमाडौंमा कोरोनाको जोखिम बढेको भन्दै यस्तो शर्त लागू गरिएको बताएका छन्। यस्तै काठमाडौं बाहेकका जिल्ला प्रशासन कार्यालयलाई पनि काठमाडौंका लागि जथाभावी पास नदिने भनिएको छ। साथै काठमाडौं बाहेकका अन्य जिल्लामा पनि बिना पास एक जिल्लादेखि अर्को जिल्ला जान पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।

Advertisement
Advertisement

काठमाडौं उपत्यका भित्रिनेहरुको कोरोना परीक्षण गर्दा बिहीबारमात्र २४ जनामा कोरोना संक्रमण देखिएको थियो। अघिल्लो हप्ता कोरोना संक्रमितको नयाँ संख्या घटे पनि विगत तीन दिनयता भने संख्या बढिरहेको छ। र कोरोना समूदाय स्तरमा फैलिएको देखिएको छ।

सम्बन्धित समाचार