free website hit counter

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिनुभयो ?

beemaadmin
२०७९ श्रावण १, आईतवार

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो ।
कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहधितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर एपमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार