free website hit counter

रामबहादुर बम्जनलाई उच्च अदालतले दियो सफाइ

beemaadmin
२०८२ बैशाख ४, बिहीबार

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ। न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो। उक्त फैसलाको पूर्णपाठसमेत सार्वजनिक भइसकेको छ। न्यायाधीशद्वय भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो। अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन्।
बम्जन सिन्धुपाल्चोकमा आश्रम चलाउँथे। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध २०७६ असोज २३ गते जाहेरी दिएकी थिइन्। बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था गरेको छ। गंगामायाले यही कानुनी व्यवस्था अनुसार १८ वर्ष पुगेपछि जाहेरी दिएकी थिइन्। बमजनले २०७३ साल साउन २० गते आफूमाथि बलात्कार गरेको उनको आरोप थियो। उक्त जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको थियो। त्यस्तै बाँकी दुई जनालाई पनि कैद सजाय तोकिनुपर्ने माग गरेको थियो। जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना तोकेको थियो भने डिगबहादुर र ज्ञानबहादुरलाई सफाइ दिएको थियो। सरकारी वकिल कार्यालयले जिल्ला अदालतको फैसलामा चित्त नबुझाइ मागदाबी अनुसारकै तीनै जनालाई कैद र जरिवानाको माग गर्दै उच्च अदालत गएको थियो। बम्जनले पनि आफूलाई सफाइ दिन माग गर्दै उच्च अदालतमा रिट दिएका थिए। दुवै पक्षबाट २०८१ असोजमा पुनरावेदन दायर भएको थियो। उच्चले मुद्दाको प्रारम्भबिन्दु नै गलत (डिफेक्टिभ) भनेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार