काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी सीईओ पदमा आवेदन दिएकामध्ये चारजना छनोट भएका छन् । कम्पनीको रिक्त रहेको सीईओ पदमा आवेदन दिएका मध्येबाट शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजना मूल्यांकनअनुसार चारजना छनोट भएका छनोट तथा सिफारिस समितिले जनाएको छ । यसरी छनोट हुनेमा महेश रिजाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् । समितिले चारैजनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ । जसअनुसार प्रस्तुतीकरण माघ ४ गते दिउँसो साढे ३ बजेदेखि शुरु हुनेछ भने अन्तर्वार्ता माघ ५ गते बिहान ८ बजेदेखि हुनेछ । प्रस्तुतीकरण र अन्तर्वार्ता कम्पनीको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा हुनेछ । यसअघि कम्पनीले असोज १६ गते एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । आवेदन परेकामध्ये ४ जना प्रतिस्पर्धामा भए पनि अन्तर्वार्तामा फालिएका थिए । त्यसपछि पुनः मंसिर ६ गते सूचना प्रकाशित गर्दै सीईओ छनोटको प्रक्रिया शुरु गरेको थियो ।