free website hit counter

राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा अनुष्का

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । मिस नेपाल अनुष्का श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छिन् । सम्झौतापत्र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय बाणिज्य बैंकले आफ्नो केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त हो । बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको पनि बताएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौताअनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ब्यबसायी र बैंकका ग्राहक तथा सर्वसाधारणमा भएको बिगतको छविलाई यो सम्झौताले अझै विस्तार गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मिस नेपाल श्रेष्ठले सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंक र यसले बनाएको कार्यक्रमले आफूलाई उत्साही बनाएको भन्दै आफ्नो सहभागिताले जन मानसमा आर्थिक साक्षरता बित्तिय साक्षरता वृद्धि गर्न सहयोग पुग्ने विश्वाश दिलाएकी थिइन् ।

सम्बन्धित समाचार