free website hit counter

राष्ट्रिय बीमा कम्पनीलाई सिलवालले दिए चेतावनी

beemaadmin
२०७९ श्रावण १९, बिहीबार

ठमाडौं । राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवमा पुगेका बीमा समितिका अध्यक्ष सूर्य सिलवालले तोकिएको पुँजी नपुर्याए सोही कम्पनीकै कारोबार रोक्का गर्ने चेतावनी दिएका छन् । बुधबार आयोजित बार्षिकोत्सवको कार्यक्रममा उनले आफूले अब सरकारी र निजी कम्पनी नचिन्ने भन्दै राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले पनि पुँजी वृद्धि गर्नुको विकल्प नरहेको बताए । सबैलाई कानुनको दायरामा राखेर काम गर्ने सिलवालको भनाई थियो । कार्यक्रममा धेरै वर्ष पूरा गर्दा कम्पनीहरु अनुभवी हुने कुरा उठेपछि उनले जन्मेपछि वर्ष बित्नु स्वाभाविक भएको बताउँदै ठूृलो हुनेभन्दा पनि पारदर्शीता कायम गर्न सक्नु महत्वपूर्ण हुने बताए । सिलवालले भने, मलाई विडम्बना लाग्छ सरकारी निकाय भएर पनि राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा सुधार गर्न बाँकी धेरै कुराहरु छन् । मैले हेर्दा त मेरो हिसाबमा कारबाहीको बाटो मात्रै विकल्प देखेको छु । सरकारी स्वामित्वका कम्पनीहरुलाई पुँजी पुर्याउन अर्थ मन्त्रालयलाई सोध्नुपर्ने तर त्यही कम्पनीको सीईओले तलब खान भने किन कसैलाई सोध्नुपर्दैन् ? भन्दै उनले राष्ट्रिय बीमा कम्पनीमा विगतमा समस्या रहे पनि नयाँ कारोबार सुरु गरेको नौ बर्ष भइसकेको स्मरण गराए । बीमा कम्पनीले नयाँ कारोबार सुरु गरेको नौ बर्षपछि पनि समस्या रहनु भनेको दुःखको कुरा भएको सिलवालको भनाई छ । उनले अब ढाकछोप गरेर मात्रै कम्पनी नचल्ने बताए । महालेखापरीक्षकको कार्यालयका लेखापरीक्षक नै फिर्ता हुने हिसाब किताब बीमा कम्पनीहरुले बनाउनु हुँदैन भन्दै उनले स्पष्टीकरण सोध्ने अवस्था नबनाउन सल्लाह दिए ।

सम्बन्धित समाचार