free website hit counter

राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क झण्डै ७ अर्ब

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टअनुसार सो अवधिमा जीवन बीमा कोषको आकार २६ अर्ब ७० करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा कम्पनीको जीवन बीमा कोष ३३.०२ प्रतिशत अर्थात ६ अर्ब ६३ करोड रुपैयाँले बढेको हो ।
संस्थानको जगेडा कोषमा अघिल्लो आर्थिक वर्षको चैत मसान्त सम्ममा २० अर्ब ७ करोड ३६ लाख रुपैयाँ संचित थियो । यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि ४ करोड ९३ लाख ३७ हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३ करोड २४ लाख ७९ हजार रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थानले एक करोड ६८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थानले ६ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा १ अर्ब २१ करोड ११ लाख रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थानले ५ अर्ब ६३ करोड २१ लाख रुपैयाँख खुद बीमाशुल्क आर्जन गरेको थियो ।यस्तै लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ६३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै एक अर्ब ६१ करोड ४५ रुपैयाँ बीमालेख धितोमा लगानी गरेर ८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ भएको संस्थानले जगेडा कोषमा पूँजीभन्दा धेरै २७ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो । संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ८ करोड बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ ।

सम्बन्धित समाचार