free website hit counter

राष्ट्रिय बीमा संस्थानको सबै सूचांकमा प्रगति

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । कोरोना कहरकाबीचमा पनि राष्ट्रिय बीमा संस्थानले सबै सूचांकमा प्रगति गरेको छ । संस्थानले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै संस्थानको प्रगति देखाएको हो । राष्ट्रिय बीमा संस्थानले कोरोना महामारीका बीचमा जीवन बीमाको व्यवसायमा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा सबै सूचांकमा सुधार ल्याए पनि अन्य कम्पनीको तुलनामा मुनाफा बृद्धि गर्न भने सकेको छैन । गत असार मसान्त सम्मको वित्तीय विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क ११.१८ प्रतिशतले बृद्धि गरी सात अर्ब छ करोड ४२ लाख २५ हजार ६० रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष संस्थानको खुद बीमा शुल्क आर्जन छ अर्ब ३५ करोड ३८ लाख ५५ हजार ५४७ रुपैयाँ थियो । संस्थानको जीवन बीमा कोषमा समीक्षा अवधीमा मात्रै करिब छ अर्ब रुपैयाँ थप भएको छ ।

संस्थानले जीवन बीमा कोष २८।५४ प्रतिशतले बृद्धि गर्दै २६ अर्ब ५४ करोड ३९ लाख २२ हजार २८ रुपैयाँ संचित गर्न सफल भएको छ । अघिल्लो वर्षको अन्त्यसम्ममा संस्थानको जीवन बीमा कोषमा २० अर्ब ६४ करोड ८७ लाख ९२ हजार ९७४ रुपैयाँ संचित थियो ।
त्यस्तै, संस्थानको व्यवस्थापन खर्च खासै बृद्धि भएको छैन । अघिल्लो वर्ष २० करोड दुई लाख ७१ हजार २३७ रुपैयाँ खर्च गरेको संस्थानले गत आवमा २० करोड ६४ लाख ९० हजार २०२ रुपैयाँ खर्च गरेको छ । संस्थानको भुक्तानी दिन बाँकी दावी भुक्तानी समेत घटेको छ । अघिल्लो वर्ष १९ करोड १५ लाख ८९ हजार २८१ रुपैयाँ दावी भुक्तानी बाँकी रहेको संस्थानको गत आवमा १७ करोड ९१ लाख ८१ हजार ५९४ रुपैयाँ मात्रै दावी भुक्तानी बाँकी छ ।

सम्बन्धित समाचार