free website hit counter

राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओको जिम्मेवारी खनाललाई

beemaadmin
२०८० चैत्र ३०, शुक्रबार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि सेवाबाट अवकाश भएपछि उनको स्थानमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ । श्रेष्ठ २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा प्रथम पटक नियुक्त भएका थिए । बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वयय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार