free website hit counter

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा सिमकार्ड निःशुल्क

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकले नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क पाउने भएका छन् । यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय बाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताए ।
राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय बाणिज्य बैंकबीच भएको यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्रविधिगत रुपले निकै लाभान्वित हुने बताएका थिए ।

सम्बन्धित समाचार