काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको हो । उनी केही समयदेखि बिरामी थिए। शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको थाहा भएको छ । सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले सम्मान गारत दिनेछ उनका अनुसार मानार्थ सहायकरथीलाई ११–११ जनाको टुकुडीले सम्मान गर्ने चलन छ। सरकारले पनि राष्ट्रकविलाई राष्ट्रिय सम्मान दिने बताइएको छ । सेनाले भने मानार्थ सहायकरथीलाई दिनुपर्ने सबै सम्मान दिने बताइएको छ ।