काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकाल सकिनै लाग्दा उपनिर्देशक र सहायक निर्देशक तहमा कार्यतर ६२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन् ।
६२ जना कर्मचारीमध्ये उपनिर्देशकतर्फ ४७ जना र १५ जना सहायक निर्देशक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उपनिर्देशकतर्फ २७ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा भएको छ भने सहायक निर्देशकतर्फ सबै १५ जनाको पनि सरुवा भएको हो । बोर्डबाट निर्णय भएसँगै विभागले उनीहरुलाई तोकिएको कार्यक्षेत्रमा हाजिर हुन समय तोकेरै निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले कर्मचारी सरुवा तथा पदस्थापनको सबै निर्णय गभर्नरलाई दिएको छ । सोहीअनुसार ती कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको बैंकले जनाएको छ ।