काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आइपीओमा उत्साहजनक सहभागिता देखिएको छ । कोरोना कहरका कारण मुुलुकका धेरै ठाउँ लकडाउनको अवस्थामा रहेको बेला पनि रिलायन्सको आईपीओमा खुलेकै दिन उत्साहप्रद आवेदन परेको हो । सर्वसाधारणको लागि कूल ५६ लाख ७० हजार कित्ता शेयर आईपिओ खुल्ला गरेकोमा पहिलो दिन २७ लाख ३० हजार १३० कित्ताको लागि आवेदन परेको हो ।
मेरो शेयरको सर्भरमा समस्या आएको कारण धेरै मानिस पर्खिएर बसेका कारण यति मात्रै देखिएको बताइएको छ । आजै राति र भोलिसम्म सर्भर सहजै चल्न थालेपछि आवेदन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । सानिमा क्यापिटलका अनुसार आज ५५ हजार २८४ जना आवेदकले सो परिमाणको शेयर माग गर्दै आवेदन भरेका हुन् । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओमा आज २७ करोड ३० लाख १३ हजार रुपैयाँको आवेदन परेको हो । कूल ५६ करोड ७० लाख रुपैयाँको आवेदन माग गरेकोमा सो मात्रामा आवेदन आजै परेको हो ।