free website hit counter

रिलायन्स फाइनान्सको लाभांश घोषणा

beemaadmin
२०८० जेष्ठ २८, आईतवार

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको जेठ २६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको कुल ६.८४ प्रतिशतले हुन आउने ७ करोड २० लाख ४७ हजार ८०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ६.५ प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशतले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार