free website hit counter

रिलायन्स लाइफको नाफा ४८ प्रतिशतले बढ्यो

beemaadmin
२०७७ श्रावण २३, शुक्रबार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सको यो बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क बढेसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ।

इन्स्योरेन्सले सो अवधिसम्ममा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशत बढी हो। असार मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेको छ।

इन्स्योरेन्सले ६३ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ। इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १४ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले २ अर्ब २४ करोड १३ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरिसकेको छ भने गत आवमा मात्रै १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले असार मसान्तसम्ममा ३७ दाबी बापत ७ करोड ३८ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार