free website hit counter

रिलायन्स लाइफको पाँचौ साधारण सभा सम्पन्न

beemaadmin
२०७९ फाल्गुन १३, शनिबार

काठमााडौं । सानिमाफ लाइफसँग मर्जरको प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पाँचौ सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष ताराचन्द केडियाको प्रमुख अध्यक्षतामा सम्पन्न भएको सो सभाले रिलायन्स लाइफ र सानिमा लाइफ एक आपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गरेको छ । साथै दुई कम्पनीबीच गाभिएपश्चात् बन्ने जीवन बीमा कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
साथै दुई कम्पनीबीच गाभिएपश्चात् मूल्यांकनकर्ता यू।के। एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सद्वारा तयार गरिएको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड तथा सानिमा लाइफ इन्स्योरेन्सको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए)का आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी गाभ्ने।गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीका साविक संचालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भएतापनि गाभ्ने।गाभिने कार्य सम्पन्न भई साविक दुवै कम्पनीबाट प्रतिनिधित्व रहने गरी संचालक समिति गठन भएपश्चात् विद्यमान संचालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ संचालक समितिको कार्यकाल समेत गाभिएपश्चात् बन्ने कम्पनीको वार्षिक।विशेष साधारण सभा नभएसम्म मात्र कायम रहने प्रस्ताव पारित गरेको छ ।
यसका अलावा सो सभाले रिलायन्स लाइफको हालसको शेयर संरचना बमोजिम कायम रहेको चुक्तापुँजी अनुरुप संस्थापक समूहतर्फ ७० प्रतिशत र सर्वसाधारण समूहतर्फ ३० प्रतिशत हिस्सा रहेकोमा संस्थापक तर्फको ७० प्रतिशत मध्ये कम्पनीको १९ प्रतिशत संंस्थापक शेयर बीमा प्राधिकरणको स्वीकृति लिई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने र तदनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गरी यथावत पारित गरेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार