free website hit counter

रिलायन्स लाइफद्वारा केसी परिवारलाई २० लाख बीमा दाबी भुक्तानी

beemaadmin
२०७९ असार २४, शुक्रबार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । रिलायन्स लाइफले बीमित स्व। दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हो । रिलायनस लाइफका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओली र बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले एक कार्यक्रमकाबीच स्व।बीमितको निवासमै बीमितकी श्रीमति कुमारी केसीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सो मृत्युदाबी रकम दाबी गरिएको ९ औं दिनमा बीमा बापतको चेक हस्तान्तरण गरिएको क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलिले बताए । बीमित दिलबहादुर केसीको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार