काठमाडौं । जीवन बीमाले जीवन दिन नसके पनि बाँचेका आश्रित परिवारलाई भरथेग गर्छ, बाँच्ने उत्साह जगाउँछ । रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु दाबी भुक्तानी गरेको हो । आफ्नी छोरी नीति खाँडको २०७५ असोज ८ गते बीमा गराएकी देवी कुमारी खाँडको २०७८ जेठ १२ गते मृत्यु भएकोले कम्पनीले ५ लाख ४० हजार उक्त दाबी भुक्तानी गरेको हो । बीमाङ्क रकम ५ लाख र मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले पछिल्लो ८ महिना को ४० हजार गरि ५ लाख ४० हजार दावी भुक्तानी गरेको यसै कम्पनीका पोखरा रिजनका क्षेत्रीय म्यानेनर विनोद प्रसाद त्रिपाठीले जानकारी गराए ।
साथै बीमा प्रस्तावको मृत्यु भएकोले बीमा लेखको शर्त अनुशार बीमा अबधी भरी तिर्नुपनै बाँकी सबै बीमाशुल्क मिनाह भएको तथा बच्चाको उच्च शिक्षा तथा उज्वल भबिश्यको लागि मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउने र बीमा अबधीको अन्त्य पछि पनि बीमाङ्क रकम ५ लाख प्रदान गर्ने त्रिपाठीले जानकारी गराए ।