काठमाडौं । दुर्घटनामा ज्यान गुमाएका बीमितका परिवारलाई रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी दिएको छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका रोल्पा नगरपालिका ३ खुमेलका दुर्गा बहादुर गिरीको परिवारलाई ४६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।
एक कार्यक्रमको आयोजना गरी कम्पनीका एरिया मेनेजर रुद्रप्रसाद अधिकारी, घोराही शाखा प्रमुख तिलक पाण्डे र रोल्पा नपा ३ नं वडाध्यक्ष इन्द्र बहादुर थापाले सयुक्त रुपमा मृतक दुर्गा बहादुर गिरीको श्रीमती यशोदा गिरीलाई २० लाख बीमाङ्क रकमको दुर्घटना बीमा बापत ४० लाख ९८ हजार र छोरा तेन्जिङ बावु गिरीलाई ५ लाख ५ हजार गरी कुल ४६ लाख ३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।
मृतक गिरीको छोरालाई मासिक ५ हजारका दरले १२ वर्ष सम्म पढाई खर्च दिने र वच्चाको बीमा प्रिमियम कम्पनीले भुक्तानी गर्ने तथा बीमा समयावधि १५ बर्षमा बीमाङ्क रकम र आर्जित बोनश प्रदान गर्ने कम्पनीका एरिया मेनेजेर रुद्र प्रसाद अधिकारीले बताए । साथै उनले कम्पनीले तोकेको समय अगावै रकम फछ्यौट गरेर बीमा प्रति आम नागरिकको विश्वास बढाएको जिकिर गरे । कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सि मेनेजर बालाराम खड्का, एजेन्सि मेनेजर महेन्द्र राज रोका, प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेश सदस्य ज्ञानेन्द्र शर्मा, नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सि मेनेजर कुल बहादुर थापा र रिलायन्स लाइफ इन्स्योरेन्स रोल्पा शाखा प्रमुख मोतिलाल गिरीले बीमाको बारेमा प्रकाश पारेका थिए ।