free website hit counter

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ भदौ ४ बाट

beemaadmin
२०७७ श्रावण २९, बिहीबार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ भदौ ४ बाट खुल्ने भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि ६३ लाख कित्ता साधारण शेयर निस्काशन गर्न लागेको हो ।

एक सय रुपैयाँ अंकित ६३ लाख कित्ता साधारण शेयर निस्काशन गरेकोमा सर्वसाधारणले ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ६३ लाख कित्ता मध्य ५ प्रतिशत बाराबराको ३ लाख १५ हजार कित्ता म्युचअल फण्डका लागि र अर्को ५ प्रतिशत बराबरको ३ लाख १५ हजार कित्ता शेयर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड पुग्ने छ।

सम्बन्धित समाचार