free website hit counter

रिलायबल नेपाल लाइफद्वारा घातक रोग बापत १५ लाखको भुक्तानी

beemaadmin
२०८१ पुष २४, बुधबार

 

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितलाई घातक रोग देखिएपछि सो बापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितको घरमै गएर दावी वापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाख रूपैयाँको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो । उक्त दावी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भुमही शाखा प्रमुख प्रबिन कंडेल, मार्केटिङ दया तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रममा एमडीआरटी माधव भुसाल, एमडीआरटी कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वोस्ती, शालिकराम भण्डारी समेत को उपस्थिति थियो । एजेन्सी म्यानेजरहरू रेशम भाट, हिमाल राना, शलिकराम तिवारी , नुमकला पङेनी,टांक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो। कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको थियो । शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खानाल, एमडीआरटी माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्तीले मन्तब्यको क्रममा बीमाको अपरिहार्यता र महत्वलाइ सबैले समयमै बुझ्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार