free website hit counter

रिलायबल नेपाल लाइफ नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश

beemaadmin
२०८३ भाद्र १५, सोमबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ।

२०६४ सालमा दर्ता भएको रिलायबल नेपाल लाइफ २०७४ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। सञ्चालनको छोटो अवधिमै गुणस्तरीय बीमा सेवा र व्यावसायिक विस्तारमार्फत कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ।

Advertisement
Advertisement

कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने शेयर प्रिमियमबापत १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कम्पनीको जीवन बीमा कोष ३२.१४ प्रतिशतले वृद्धि भई १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कोषमा भएको उल्लेख्य वृद्धिले कम्पनीको वित्तीय आधार थप मजबुत बन्दै गएको देखिन्छ।

Advertisement
Advertisement

समीक्षा वर्षमा कम्पनीले व्यवसाय विस्तारमा समेत उत्साहजनक प्रगति गरेको छ। गत आर्थिक वर्षमा कम्पनीले कुल ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२.८६ प्रतिशत बढी हो। बीमाशुल्क संकलनमा भएको यो वृद्धिले कम्पनीको व्यवसाय विस्तारसँगै बीमितको विश्वाससमेत बढ्दै गएको संकेत गरेको कम्पनीको भनाइ छ।

गत आर्थिक वर्षमा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ११.२१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ।

हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उदय नेपाली श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी रहेका छन्।

नवौँ वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्ना ग्राहक, नियामक निकाय, लगानीकर्ता, अभिकर्ता, साझेदार तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै, कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै अझ प्रभावकारी, विश्वसनीय तथा गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार