free website hit counter

रुपन्देहीको धकधइ प्रभु बैंकको शाखा

beemaadmin
२०७६ माघ १३, सोमबार

रुपन्देही । शाखा सञ्जाल विस्तार गर्दै गाउँ गाउँमा बैकिङ पहुँच पुर्याउने अभियानमा रहेको प्रभु बैंक लिमिटेडले रुपन्देहीको रोहिणी गाउँपालिका– ३ स्थित धकधइमा २०५ औं शाखा थप गरेको छ ।

बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे । अध्यक्ष यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको बताए ।

Advertisement
Advertisement

बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायीक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धकधइ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार