free website hit counter

रेडमी के२० प्रोको भ्यालेन्टाइन अफर

beemaadmin
२०७६ माघ २४, शुक्रबार

काठमाडौं । नजिकिँदा भ्यालेन्टाइन दिवसको अवसरमा शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रोमा तीन हजारको भारी छुटको घोषणा गरेको छ जसलाई अब ४६,९९९ मा खरिद गर्न सकिन्छ ।
शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । हाम्रो भ्यालेन्टाइन डे लाई विशेष बनाउन ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब ४६,९९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ ।
यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् । नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के२० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ जसले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ ।

सम्बन्धित समाचार